आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वरमा भक्तजनलाई लायन्स क्लब अफ काठमाडौं जर्नीद्वारा फलफूल तथा स्वास्थ्य सामाग्री वितरण

गोकर्णेश्वर खबर३२ श्रावण २०७८, सोमबार २३:१५ मा प्रकाशित (२ साल अघि) ४८३ पाठक संख्या

काठमाडौं । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौं जर्नीले भक्तजनहरुलाई फलफुल तथा स्वास्थ् सामाग्री वितरण गरेको छ ।

आज साउन महिनाको अन्तिम सोमबार गोकर्णेश्वर महादेव मन्दिरको दर्शनमा आएका भक्तालुहरुलाई लायन्स क्लब अफ काठमाडौं जर्नीले फलफुलसहित स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

क्लबले दर्शनार्थीहरुलाई फलफूल, पानी, माक्स र सेनिटाइजर वितरण गरेको वर्ष २१/२२ का अध्यक्ष लायन विशाल भण्डारी जानकारी दिए।
उनका अनुसार जर्नीले मन्दिरमा आएका साथै बोलबम जाने भक्तजनहरुलाई सेनिटाइजर लगाइ दिदै फलफूल, पानी, र माक्स करिब ३०० जनालाई वितरण गरेको थियो ।

कोरोना संक्रमण उकालो लाग्दै गएपनि धार्मिक ठाउँमा विशेष गरि पर्वहरुमा श्रद्धालु भक्तजनलाई रोक्न नसकिने भएकोले विषम परिस्थितिमा संक्रमणलाई बढ्न नदिन यस्तो कार्यक्रमको आयोजना गरेको अध्यक्ष भण्डारीको भनाई थियो ।

“हामी सेवा गर्छौं ” भन्ने भाव बोकेर सेवामा समर्पित लायन्स क्लब अफ काठमाडौं जोर्नीले मन्दिरमा साउनको अन्तिम सोमबारमा शिवजीको पुजा आराधना सहित ब्रत थन्काउने ब्रतालुको भिडभाड हुने भएकोले श्रद्धालु भक्तजनहरुको सुरक्षाको लागि माक्स र सेनिटाइजर वितरण कार्यक्रम गरिएको जनाएको छ ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, गोनपा वडा नं ८ का वडा अध्यक्ष मनोज ढुंगाना, गोकर्ण प्रहरी प्रभाग प्रमुख रामजी घिमिरे लगायत लायन्स क्लब जर्नीका पदाधिकारीहरुको उपस्थित रहेको थियो।