आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

साउनको अन्तिम सोमबार गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको भीड (तस्बिरमा हेर्नुहोस्)

गोकर्णेश्वर खबर३२ श्रावण २०७८, सोमबार १२:५२ मा प्रकाशित (२ साल अघि) १८४ पाठक संख्या

काठमाडौं । साउन महिनाको अन्तिम दिन आजै अन्तिम सोमबार पनि परेको छ ।

हिन्दु परम्परा अनुसार आजको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिने गरिन्छ । आज महिलाहरुले पूजा आराधना गरी साउनको सोमबारे व्रत समापन गर्ने गर्छन् ।

साउनको पहिलो सोमबारदेखि सुरु भएको व्रत शिव मन्दिरमा पुगेर पूजा आराधना गरी महिलाहरुले समापन गर्ने गर्दछन् । त्यसैले आज शिव मन्दिरमा भीड लागेको छ ।

अन्तिम सोमबार कोरोना महामारीकै बीचमा काठमाडौं र देशैभरका मन्दिरहरुमा भक्तालुहरुको भीड लागेको छ । काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रुपमा समेत लिने गरिएकाले पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास गरिन्छ ।