आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

म्हैपीमा यार्सागुम्बा लुट्ने ७ जना पक्राउ

गोकर्णेश्वर खबर३१ श्रावण २०७८, आईतवार २०:५६ मा प्रकाशित (२ साल अघि) २८८ पाठक संख्या

काठमाडौं । म्हैपीमा ७ दिनअघि भएको यार्सागुम्बा लुटपाटमा संलग्न गिरोह पक्राउ परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले मुख्य अभियुक्त बझाङका धर्म ओखेडासहित ७ जना लुटेराको समूहलाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले बताए ।

उनका अनुसार खरिद गर्ने वहानामा दिपक लामा र सुरेश सापकोटासँग रहेको एक किलो यार्सागुम्बा उनीहरुले लुटेको भन्दै किटानी जाहेरी परेको थियो । जाहेरीमाथि अनुसन्धानका क्रममा पक्राउ परेकाको साथबाट ७ किलो ७ सय ४० ग्राम अवैध यार्सागुम्बा बरामद भएको कोइरालाले बताए ।

अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।