आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

चाबहिलमा श्रीमानले गरे गभर्वती श्रीमतीको हत्या

गोकर्णेश्वर खबर२८ श्रावण २०७८, बिहीबार ११:४३ मा प्रकाशित (२ साल अघि) ४६५ पाठक संख्या

काठमाडौं । काठमाडौंको चाबहिलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

मकवानपुरको हेटौंडा घर भई काठमाडौंको चाबहिल बस्दै आएका ३९ वर्षका राम श्रेष्ठले २३ वर्षकी श्रीमती रञ्जना तामाङको घाँटी थिचेर हत्या गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ । रञ्जना ६ महिनाकी गभर्वती थिइन् ।

हत्यापछि उनी आफैंले प्रहरीको हटलाइन १०० नम्बरमा फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए । उनले फोन गरेपछि प्रहरी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रन्जनाको शव भेटिएको थियो ।

श्रीमतीसँग बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको प्रहरीले जनाएको छ ।

गौशाला प्रहरीका डिएसपी केशव भट्टराईले घटनाको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए ।