आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

उपत्यकामा निषेधाज्ञा भदौ ८ सम्म थपियो, बिहीबारबाट राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

गोकर्णेश्वर खबर२६ श्रावण २०७८, मंगलवार १५:१० मा प्रकाशित (२ साल अघि) १८३ पाठक संख्या

काठमाडौं । उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउने प्रशासनले निर्णय गरेको छ । बिहीबारबाट लागू हुने गरी निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनले बताए ।

त्यस्तै थपिएको निषेधाज्ञा ८ भदौसम्म जारी रहनेछ ।