आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

कर्मचारीको वृद्धि भएको तलब स्वीकृत गर्ने मन्त्रिपरिषदको निर्णय

गोकर्णेश्वर खबर२५ श्रावण २०७८, सोमबार १९:०२ मा प्रकाशित (२ साल अघि) २२८ पाठक संख्या

काठमाडौं । सरकारले कर्मचारीको बढेको नयाँ तलबमान स्वीकृत गरेको छ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको हो।

यस्तै, बैठकले परराष्ट्र सेवा राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिवहरु सुशील भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गरी परराष्ट्र सेवाअन्तर्गत पदस्थापन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।