आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

काठमाडौँ उपत्यकामा ७७५ जनामा संक्रमण पुष्टि

गोकर्णेश्वर खबर१६ श्रावण २०७८, शनिबार १८:१२ मा प्रकाशित (२ साल अघि) २९७ पाठक संख्या

काठमाडौँ– केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

एक साताअघिसम्म दैनिक ४ सयको हाराहारीमा संक्रमित संख्या रहेकोमा पछिल्लो समय बढ्दै गएर दैनिक ६ नाघेको हो ।

मन्त्रालयका अनुसार शनिबार काठमाडौँमा ५१७, ललितपुरमा १६४ र भक्तपुरमा ९४ जना कोरोना संक्रमित थपिएका हुन् ।

हिजो शुक्रबार एकैदिन उपत्यकामा मात्रै ८१९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

यस्तै, बिहीबार ८६० जना संक्रमित थपिएका थिए ।