आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

गोकर्णेश्वर वडा नं. ६ मा रोक्पा कोभिड राहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

गोकर्णेश्वर खबर१७ असार २०७८, बिहीबार २२:३९ मा प्रकाशित (२ साल अघि) ४३४ पाठक संख्या

१७ असार, काठमाडौं । रोक्पा कोभिड राहत निःशुल्क स्वास्थ्य शिविर अन्र्तगत गोकर्णेश्वर नगरपालिका वडा नंं. ६ अरब बैंकमा स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

स्वास्थ्य शिविरमा वडा नं. ६ का नगरवासीको स्वास्थ्य परिक्षण हुनुका साथै औषधि वितरण समेत गरिएको थियो । कोरोना कहरले मानिसहरुमा सामान्य स्वास्थ्य सेवा लिन अस्पताल जाँदा कोरोना संक्रमण हुने भय रहेको तथा संक्रमणको जोखिम हुने सोच बढेको कारणले सामान्य स्वास्थ्य चेकजाँच तथा औषधि वितरण गरी वडावासीलाई स्वास्थ्य राहत दिने उदेश्यले शिविर आयोजना गरिएको गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्यालले बताउनु भयो ।

गोकर्णेश्वर नगरपालिकाको सहयोग तथा मद्दत नेपालको आयोजनामा गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा स्वास्थ्य शिविर हुँदै आएको छ ।