आज: ५ जेष्ठ २०८१, शनिबार | Sat, 18, May, 2024

श्रमजीवी पत्रकारहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग

गोकर्णेश्वर खबर९ असार २०७८, बुधबार १९:०१ मा प्रकाशित (२ साल अघि) ४९७ पाठक संख्या
९ असार काठमान्डौ।  श्रमजीवी पत्रकारहरुलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

गोकर्णेश्वर खबरको संयोजनमा  नेपाली कांग्रेस काठमाडौं जिल्ला समिति सदस्य तथा समाजसेवी भावना ठकुरी, समाजसेवी व्यवसायी सिर्जना तामाङ, ढुंगेधारा टोल सुधार समितिका उपाध्यक्ष मञ्जु पुन लम्साल, उन्नती महिला समुहका अध्यक्ष ज्योति खरेलले संयुक्त रुपमा कोरोना कहरमा फ्रन्टलाईनमा खटिने १० जना पत्रकारहरुलाई १० बोरा चामल, दाल, चिनी, माक्स, स्यानीटाईजर लगायतका सामग्री सहयोग गरेको छ ।

आज २०७८ असार ९ गते खाद्यान्न लगायतका सामग्री स्वतन्त्र पत्रकार संघ काठमाडौं शाखाका अध्यक्ष पुष्कर पाण्डेलाई हस्तान्तरण ।

हस्तान्तरण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना र वडा सदस्य नन्दलाल श्रेष्ठको उपस्थिती रहेको थियो ।