आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा डाक्टर ,अक्सिजन ,थेरापी , एम्बुलेन्स सहितको आईसोलेसन सेन्टर

गोकर्णेश्वर खबर१३ जेष्ठ २०७८, बिहीबार ०८:३५ मा प्रकाशित (२ साल अघि) ९२६ पाठक संख्या

काठमाडौँ, जेठ १३ । गोकर्णेश्वर नगरपालिकाले आईसोलेसन सेन्टर  शुभारम्भ  गरिएको  छ ।

गोकर्णेश्वर नगरपालिका ४ स्थित राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल)मा  डाक्टर ,अक्सिजन ,थेरापी , एम्बुलेन्स सहितको २५ शैया आईसोलेसनलाई लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ए १ ले सहयोग गरेको छ।

 

कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ती नेपाल प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य  लायन्स क्लब डिष्ट्रिक ३२५ ए१ का गभर्नर टंकबहादुर श्रेष्ठ , पुर्ब गभर्नर एबम हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवाल  , पुर्व गभर्नर लायन कुमार राज सुवेदी, नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, वडा नम्बर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल , यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल,लगायत जन प्रतिनिधिसहित स्थानीय लायन्स क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो।