आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

२४ घण्टामा ६ हजार ७१४ जना संक्रमित थपिए

गोकर्णेश्वर खबर१२ जेष्ठ २०७८, बुधबार १७:०५ मा प्रकाशित (२ साल अघि) ७९२ पाठक संख्या

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ३० जनाको पीसीआर परीक्षणमा ६ हजार ६७७ र ३२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३७ जना गरी कुल ६ हजार ७१४  जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। गत सोमबारयता मात्र २२ हजार २८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।