आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

थप १४५ जना कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर१२ जेष्ठ २०७८, बुधबार १६:३९ मा प्रकाशित (२ साल अघि) ३९० पाठक संख्या

काठमाडौँ– नेपालमा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १४५ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।

योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ८४५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।