आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

काठमाडौंमा फेरि देखियो ‘बर्ड फ्लू’

गोकर्णेश्वर खबर१२ जेष्ठ २०७८, बुधबार १५:३० मा प्रकाशित (२ साल अघि) ५९५ पाठक संख्या

काठमाडौं । काठमाडौंमा फेरि बर्ड फ्लू संक्रमण पुष्टि भएको छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिका र चन्द्रगिरि नगरपालिकामा पालिएका टर्कीमा बर्ड फ्लूको संक्रमण पुष्टि भएको हो । व्यवसायीक प्रयोजनका लागि किसानले फर्ममा पालेको टर्कीमा बर्ड फ्लू पुष्टि भएको हो ।

बर्ड फ्लू संक्रमण पुष्टि भएसँगै त्यस क्षेत्रमा टर्की नष्ट गर्न बिहानै टोली खटाइएको पशु सेवा विभागले जनाएको छ ।

अस्वाभाविकरुपमा टर्की मर्न थालेको सूचना पाएलगत्तै नमुना संकलन गरेर केन्द्रीय प्रयोगशालामा आरटी पिसिआर गर्दा बर्ड फ्लु पुष्टि भएको विभागका प्रवक्ता डा.चन्द्र ढकालले जानकारी दिए ।

अहिले संक्रमण थप फैलन नदिनका लागि नियन्त्रणको प्रयास भइरहेको र प्रभावित क्षेत्रको पन्छी नष्ट गर्ने टोली बिहानैदेखि परिचालित भएको विभागका प्रवक्ता ढकालले बताए ।