आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

२४ घण्टामा ८ हजार ६३६ जना संक्रमित थपिए

गोकर्णेश्वर खबर११ जेष्ठ २०७८, मंगलवार १७:३५ मा प्रकाशित (२ साल अघि) २५९ पाठक संख्या

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २२ हजार ३०६ जनाको पीसीआर परीक्षणमा ८ हजार ३८७ र ६३० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २४९ जना गरी कुल ८ हजार ६३६ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।