आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

२४ घण्टामा ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर१० जेष्ठ २०७८, सोमबार १७:४९ मा प्रकाशित (२ साल अघि) २६९ पाठक संख्या

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ४२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १९ हजार ८४६ जनाको पीसीआर परीक्षणमा ७ हजार २२० र ६०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २०५ जना गरी कुल ७ हजार जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख २० हजार ४६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।