आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

गोकर्णेश्वर नगरपालिकामा १४ सय ९० जना संक्रमित,९ सय ९ जना निको

गोकर्णेश्वर खबर१० जेष्ठ २०७८, सोमबार ०७:१९ मा प्रकाशित (२ साल अघि) ५९० पाठक संख्या

काठमाडौं जेठ १० । गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ७ गते सम्ममा ८१६  जना पुरुष र ६७४  जना महिला गरि कुल १४ सय ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा कोरोनाका कारण ३२ जनाको मृत्यु भएको छ भने ९ सय ९  जना निको भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ३०  जना पुरुष र १८  जना महिला गरि कुल ४० जना

वडा नं २ मा ३६  जना पुरुष र २७  जना महिला गरि कुल ६३  जना

वडा नं ३ मा ४१  जना पुरुष र २४ जना महिला गरि कुल ६५  जना

वडा नं ४ मा १२९  जना पुरुष र १११  जना महिला गरि कुल २४०  जना

वडा  नं ५ मा  १५२  जना पुरुष र  ११५ जना महिला गरि २६७  जना

वडा नं ६ मा १६४  जना पुरुष र १३५  जना महिला गरि २९९ जना

वडा नं ७ मा ५९  जना पुरुष र ६२  जना महिला गरि कुल १२१  जना

वडा नं  ८ मा १५७  जना पुरुष र १४१  जना महिला गरि कुल २९८ जना

वडा नं ९ मा ४८  जना पुरुष र ४१ जना महिला गरि कुल ८९  जना संक्रमित   रहेको जनाएको छ।