आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

थप ७९१४ जना संक्रमित, ७,६६४ जना निको

गोकर्णेश्वर खबर९ जेष्ठ २०७८, आईतवार १७:१३ मा प्रकाशित (२ साल अघि) २५० पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यो अवधिमा कोरोनाका कारण १९३ जनाको मृत्यु भएको छ भने ७ हजार ६६४ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।