आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

२४ घन्टामा ८९८० जना संक्रमित, ८८४८ निको

गोकर्णेश्वर खबर८ जेष्ठ २०७८, शनिबार १७:२८ मा प्रकाशित (२ साल अघि) २५३ पाठक संख्या

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९८० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यहि अवधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यो अवधिमा २० हजार १०५ जनामा गरिएको परीक्षणमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ जना रहेका छन् भने संक्रमण निको हुने दर ७५.८ प्रतिशत रहेको छ ।

हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ भने निको हुने संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ ।

१२९ जनाको मृत्यु
पछिल्लो  २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ । यो अवधिमा १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।