आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

काठमाडौं उपत्यकामा थपिए ३ हजार २३२ कोरोना संकमित, ६७ जनाकाे मृत्यु

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार १८:१५ मा प्रकाशित (२ साल अघि) ४२२ पाठक संख्या

काठमाडौं । २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ३ हजार २ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ हजार ६ सय, ललितपुरमा ४ सय ३ र भक्तपुरमा २ सय २९ जना गरी उपत्यकामा ३ हजार २ सय ३२ जना संक्रमित भेटिएको हो ।

हालसम्म काठमाडौंमा २५ हजार ५८, भक्तपुरमा ४ हजार ८ सय ६० र ललितपुरमा ६ हजार ८ सय १७ जना संक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा मात्रै ६७ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये काठमाडौंमा ५९, ललितपुरमा १३ र भक्तपुरमा ५ जनाको ज्यान गएको छ ।

देशभरबाट २४ घन्टाको अवघिमा ८ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ भने ६ हजार ५ सय ४३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।