आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

कोरोना संक्रमणबाट डीएसपी केसीको निधन

गोकर्णेश्वर खबर६ जेष्ठ २०७८, बिहीबार ०८:१९ मा प्रकाशित (२ साल अघि) ४४४ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अग्रपंक्तिमा खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ ।

महानगरी प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको नेपाल प्रहरी अस्पतालमा उपचारका गएराति निधन भएको हो ।

कोरोना महामारीमा उनी अग्रपंक्तिमा खटिएका प्रहरी अधिकृतमध्येका हुन् ।

कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिनअगाडि नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।