आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

भारतमा ८१ लाखभन्दा बढीमा संक्रमण

गोकर्णेश्वर खबर१५ कार्तिक २०७७, शनिबार ०७:२२ मा प्रकाशित (३ साल अघि) १८८ पाठक संख्या

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४८ हजार १२० जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८१ लाख ३६ हजार १६६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७४ लाख ३० हजार ९११ जना संक्रमणमुक्त भएका छन् । ५ लाख ८३ हजार ५७४ जनाको उपचार भइरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा भारतमा थप ५५० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख २१ हजार ६८१ पुगेको छ ।