आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा ३५१७ जना कोरोना संक्रमित, १६ जनाको मृत्यु

गोकर्णेश्वर खबर१४ कार्तिक २०७७, शुक्रबार १६:२२ मा प्रकाशित (३ साल अघि) ७१३ पाठक संख्या

काठमाडौं । नेपालमा शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जनामा संक्रमण भएको हो।

योसँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख २८ हजार ९ सय ५८ पुगेको मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट शुक्रबार १६ जनाले ज्यान गुमाएका छन्।