आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा २,३६४ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१३ कार्तिक २०७७, बिहीबार १६:३१ मा प्रकाशित (३ साल अघि) २५८ पाठक संख्या

काठमाडौं । पिसिआर परीक्षण बढेसँगै नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ३ सय ६४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । संक्रमितमध्ये १ लाख २४ हजार ८ सय ६२ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ९ सय ४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।