आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

काठमाडौं उपत्यकामा थपिए ३२६ संक्रमित

गोकर्णेश्वर खबर२२ भाद्र २०७७, सोमबार १६:५९ मा प्रकाशित (३ साल अघि) ३३० पाठक संख्या

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ जना गरी जम्मा ३२६ जना संक्रमित थपिएका छन् ।

यसअघि आइतबार (हिजो)  काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ जना गरी जम्मा ३५४ जना संक्रमित थपिएका थिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप १७३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३० हजार ६७७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार आज थप ११ जनाको कोरोनाका कारण मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ।