आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गोकर्णेश्वर नपा स्वयम् सेवक परिचालन समिति र  विभिन्न संघ सस्थाको संयुक्त आयोजनामा बेशिगाउमा रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२१ भाद्र २०७७, आईतवार १८:२२ मा प्रकाशित (३ साल अघि) ७६७ पाठक संख्या

२१ भाद्र ,  काठमाडौं – कोरोना कहरका कारण काठमाडौं उपत्यका सहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै काठमाडौं  गोकर्णेश्वर नगरपालिका स्वयम् सेवक परिचालन समिति र  छहारी युबा क्लब, बेशिगाउ युबा समुह , बेशिगाउ महिला समुहको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा गोकर्णेश्वर नगरपालिका  वडा ८ स्थित बेशिगाउको GMB पेट्रोल पम्पमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो, जसमा आज ३० प्रिन्ट  रगत संकलन भएको गोकर्णेश्वर नगरपालिका स्वयंसेवक समिति रक्तदान कार्यक्रम उप समितिका संयोजक बृजु शाहीले जनकारी दिनु भएको हो ।

 

उक्त कार्यक्रममा पानी, जुस समाजसेवी यङ योञ्जनले सहयोग गर्नु भएको हो

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको प्रवक्त तथा वडा ८ का अध्यक्ष मनोज कुमार ढुंगाना , यूवा नेता तथा समाज सेवी बिमल ठकुरी, समाज सेवी लाल बहादुर लामा, वडा ५ काअध्यक्ष नारायण बहादुर सुवेदी , वडा ६ का अध्यक्ष रमेश अर्याल , समाज सेवी कृष्ण कुमार चालिसे, समाज सेवी कुमार राज सुवेदी, गोकर्णेश्वर नगरपालिका स्वयंसेवक समितिका संयोजक दिपक लामा, समाज सेवी शम्भु अधिकारी, समाज सेवी यङ योञ्जन, छहारी युबा क्लबका अध्यक्ष कुमार श्रेष्ठ , बेशिगाउ युबा समुह का अध्यक्ष कृष्ण प्रसाद नेपाल , बेशिगाउ महिला समुहकी अध्यक्ष अनिता श्रेष्ठ , समुहका सदस्यहरुको उपस्थिति रहेको थियो ।