आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

२४ घण्टामा १ हजार ५६६ जना कोरोना संक्रमित डिस्चार्ज

गोकर्णेश्वर खबर२० भाद्र २०७७, शनिबार १७:१४ मा प्रकाशित (३ साल अघि) २५५ पाठक संख्या

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार ५६६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २७ हजार १२७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको २५ हजार ५६१ थियो ।