आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाबाट ९ जनाको मृत्यु : कुन जिल्लामा कति ? (सूचीसहित)

गोकर्णेश्वर खबर२० भाद्र २०७७, शनिबार १७:०५ मा प्रकाशित (३ साल अघि) २४७ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ९ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ ।

पछिल्लो २४ घन्टामा कुन जिल्लामा कति मृत्यु ?

मोरङ: ४३ वर्षीया महिला

मकवानपुर: ५२ वर्षीया महिला

नवलपरासी: ३७ वर्षीया महिला

पर्सा: ७५ वर्षीय पुरुष

काठमाडौं: ४१, ५९ र ६५ वर्षीय पुरुष

रुपन्देही: ४० वर्षीय पुरुष

महोत्तरी: ७८ वर्षीय पुरुष

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४१ जनासहित देशभर संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये २७ हजार १ सय २७ जना निको भएर घर फर्किएका छन् भने ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ ।