आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

काठमाडौँ उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२० भाद्र २०७७, शनिबार १६:४५ मा प्रकाशित (३ साल अघि) २७३ पाठक संख्या

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस बिफ्रिङमा शनिबार देशभर थपिएका १०४१ जना संक्रमितमध्ये काठमाडौंमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना संक्रमित थपिएका छन् ।

योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ ।

यसअघि शुक्रबार काठमाडौं काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना गरी उपत्यकामा ४५४ जनामा संक्रमण पुष्टि भएको थियो ।