आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

नेपालमा पछिल्लो २४ घन्टामा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५ हजार नाघ्यो

गोकर्णेश्वर खबर२० भाद्र २०७७, शनिबार १६:३५ मा प्रकाशित (३ साल अघि) २४६ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४१ जनासहित देशभर संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये २७ हजार १ सय २७ जना निको भएर घर फर्किएका छन् भने ज्यान गुमाउनेको संख्या २ सय ८० पुगेको छ ।