आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

मासिक १०० अभियान नेपाल सहित विभिन्न संघ सस्थाको संयुक्त आयोजनामा आरुबारीमा रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर२० भाद्र २०७७, शनिबार १५:३५ मा प्रकाशित (३ साल अघि) ९२० पाठक संख्या

काठमाडौं – कोरोना कहरका कारण काठमाडौं उपत्यका सहित देशभर रगतको आपुर्तिमा कमि आएको भन्दै मासिक १०० अभियान नेपाल, आरुबारी हातेमालो युवा समुहको संयुक्त आयोजना र गोकर्णेश्वर न.पा.वडा नं ९ ,आरुबारीको सहयोगमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ ,आरुबारी स्थित अरुणोदय माध्यामिक विधालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो, जसमा आज ४७ प्रिन्ट  रगत संकलन भएको मासिक १०० अभियान नेपालका अध्यक्ष सन्जय पोखरेलले जनकारी दिनु भएको हो ।

आर्को ह​प्ता २०७७।५।२७ ग​ते श​निवार स​र​स्व​ती माबि, गोकर्णेश्वर ८, बेसिगाउँमा रक्तदान कार्यक्रम गर्ने अध्यक्ष हुने पोखरेलले  जनाएको छ ।

उक्त कार्यक्रममा सहभागी भइ रक्तदान गर्न  समेत आग्रह गरेका छन् ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाको मेयर सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिकाको प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिकाको वडा न ९ का अध्यक्ष राजिब थापा, मासिक १०० अभियान नेपालका अध्यक्ष सन्जय पोखरेल, आरुबारि हातेमालो युवा समुह​ू का अध्यक्ष बिजेन्द्र लामा ,ब्लोदान नेपालका केन्द्रिय सदस्य बालकृष्ण श्रेष्ठ, लगयत उपस्थिति रहेको थियो ।