आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

भारतमा एकैदिन थपिए ५२ हजार २४९ कोरोना संक्रमित

गोकर्णेश्वर खबर१५ श्रावण २०७७, बिहीबार ०७:५४ मा प्रकाशित (३ साल अघि) २१० पाठक संख्या

भारत : भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । भारतमा एकैदिन ५२ हजार २ सय ४९ जना संक्रमित भएका छन् । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कुल संक्रमित संख्या १५ लाख ८४ हजार ३ सय ८४ पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म १० लाख २१ हजार ६ सय ११ संक्रमणमुक्त भएका छन् भने ५ लाख २७ हजार ७ सय ७० जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७ सय ७९ जनाको मृत्यु भएको छ ।

हालसम्म मृत्यु हुनेको संख्या ३५ हजार ३ पुगेको छ । हिजो एकै दिन विश्वमा एकै दिन २ लाख ८० हजार ३ सय ९३ जनामा संक्रमण देखिएको छ । साथै ६ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रणबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्यु हुनेहरुको संख्या १ लाख ५० हजार नाघेको छ । ब्राजिलमा कोरोना संक्रमित २५ लाख ५५ हजार ५ सय १८ जना पुगेका छन्, जसमध्ये ९० हजार १ सय ८८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै रूस, दक्षिण अफ्रिका, मेक्सिको, पेरू, चिली, चिली, स्पेन, बेलायत, इरान, पाकिस्तान, कोलम्बिया तथा साउदी अरेबियामा पनि संक्रमितको संख्या धेरे छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड ७१ लाख ६४ हजार हजार नाघेको छ । संक्रमितमध्ये ६ लाख ६९ हजार १ सय १७ जनाले ज्यान गुमाएका छन् ।