आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

ऐश्वर्या राय र छोरी आराध्या पनि अस्पताल भर्ना

गोकर्णेश्वर खबर३ श्रावण २०७७, शनिबार ०८:४२ मा प्रकाशित (३ साल अघि) ३०५ पाठक संख्या

काठमाडौं – गत आइतबार कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्या पनि अस्पताल भर्ना भएका छन् ।

उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो । झण्डै एक साताअघि नै संक्रमण पुष्टि भए पनि लक्षण देखिएकाले घरमै क्वारेन्टिनमा रहेका उनीहरूलाई लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

अस्पताल प्रशासनका अनुसार उनीहरुको अवस्था सामान्य रहेको र उपचार सुरू गरिएको छ ।

यसअघि गत शनिबार राती बलिउड महानायक अमिताभ बच्चन र उनका छोरा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको पनि नानावटी अस्पतालमा नै उपचार भइरहेको छ ।