आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

विश्वभर ८२ लाख ८४ हजार बढी व्यक्ति कोरोना संक्रमण मुक्त

गोकर्णेश्वर खबर३ श्रावण २०७७, शनिबार ०६:२३ मा प्रकाशित (३ साल अघि) १९३ पाठक संख्या

एजेन्सी । विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५२ हजार ४ सय ६ जना व्यक्तिमध्ये ८२ लाख ८४ हजार २ सय ८५ व्यक्ति संक्रमण मुक्त भएका छन् । शुक्रबारसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ७ सय ५७ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ ।

हाल विश्वभरमा ५० लाख ७५ हजार ३ सय ६४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८ सय ८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३६ लाख ९५ हजार २५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४१ हजार १ सय १८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३१ लाख १६ हजार ३ सय ९३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १२ हजार २ सय ९३ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४३ लाख २६ हजार ८ सय २८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९२ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ ।

युरोपमा २६ लाख २९ हजार ७२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार १ सय ६६ को मृत्यु भएको छ । एसिया ३१ लाख ९९ हजार १ सय ६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७५ हजार २ सय ५९ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ६ लाख ६७ हजार ३ सय ३४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४ हजार ३ सय ९९ जनाको मृत्यु भएको छ । ओसियानामा १२ हजार ९ सय ३ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय ३८ जनाको मृत्यु भएको छ ।