आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

लमजुङमा १९ महिने बालिकासहित २२ जनामा कोरोना संक्रमण पुष्टि

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार १६:०८ मा प्रकाशित (३ साल अघि) २१७ पाठक संख्या

२ साउन, पोखरा । गण्डकी प्रदेशमा थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १९ महिनादेखि ७४ वर्ष उमेर समूहका  रहेका छन् । उनीहरु सबै लमजुङका हुन् ।  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे परीक्षणमा उनिहरूमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।  कोरोना संक्रमण पुष्टि हुनेमा लमजुङ मस्र्याङ्दी गाउँपालिकाका ६ जना, दोर्दीं गाउँपालिकाका ४ जना, राइनास नगरपालिका ६ जना पुरुष र १९ महिने बालिकासहति २ महिला, दूधपोखरीका ३८ वर्षीय एक पुरुष, क्वोलासोंथरका २ जना पुरुष र बेंसीसहरका ४७ वर्षीय एकजना पुरुष छन् ।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोनविन्दु शर्माले जानकारी दिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २७८ पुगेको छ । जसमध्ये ९२५ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किइसकेका छन् ।