आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

काठमाडौं उपत्यकामा आज एकजनामा मात्रै कोरोना संक्रमण

गोकर्णेश्वर खबर१ श्रावण २०७७, बिहीबार १६:४५ मा प्रकाशित (३ साल अघि) २६२ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एकजना मात्रै कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरीएको परीक्षणमा काठमाडौंका एकजनामा मात्रै कोरोना संक्रमण देखिएको हो।

यसअघि बुधबारसम्म काठमाडौंमा २४४ जना, ललितपुरमा ७५ जना र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण देखिएको थियो ।