आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

बलिउड अभिनेता अनुपम खेरको परिवारका ४ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२९ असार २०७७, सोमबार १६:१७ मा प्रकाशित (३ साल अघि) ३७६ पाठक संख्या

काठमाडौं – बलिउड अभिनेता अनुपम खेरको परिवारका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अनुपम खेरले आईतवार एक ट्वीट मार्फत आफ्नो परिवारका आमा दुलारी सहित चार जनालाई कोरोना संक्रमण भएको जानकार दिएका थिए ।

साथै उनले एक भिडियो पनि सोसल मिडियामा शेयर गरेका छन् । उनकी आमा दुलारी आइसोलेसन वार्डमा उपचाररत छिन् ।

उनी कोकिलाबेन अस्पतालमा भर्ना भएकी छन् । साथै अनुपमका भाई राजु र उनको परिवार होम क्वारेन्टाइनमा छन् ।

अनुपम खेरले भाई राजु, भाउजु र भतिजी वृन्दा कोरोना पोजेटिभ भएको बताएका छन् ।

यस अगाडि शनिवार मात्रै बलिउड महानायक अमिताभ बच्चनको परिवारका अमिताभ, छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।