आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

स्पेनमा फेरि कोरोना महामारी फैलन संकेतपछि ठाउँठाउँमा लकडाउन

गोकर्णेश्वर खबर२२ असार २०७७, सोमबार ०८:१६ मा प्रकाशित (३ साल अघि) ३२६ पाठक संख्या

काठमाडौं – स्पेनमा फेरि कोरोना भाइरसको महामारी देखिने संकेतपछि विभिन्न ठाउँमा पुनः लकडाउन सुरू गरिएको छ ।

कोरोना भाइरसको महामारी लगभग नियन्त्रणमा पुगिसकेको स्पेनमा फेरि महामारीको अर्को लहर सुरु हुने संकेत देखिएपछि उत्तर–पश्चिमी क्षेत्र गालिसियाका विभिन्न ठाउँमा पुनः लकडाउन गरिएको छ ।

७० हजार मानिसको बसोबास रहेको उक्त क्षेत्रमा आइतबार मध्य रातिदेखि शुक्रबारसम्म लागु हुने गरी गालिसियाको तटीय जिल्ला मासिनामा कामका लागि जाने वा आउनेलाई मात्रै प्रवेश र बाहिरिने अनुमति दिइएको छ ।

यसअघि उत्तर–पूर्वी क्षेत्र क्याटालोनियामा पनि कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा देखिएपछि लकडाउन गरिएको थियो ।

गालिसिया क्षेत्रमा फेरि २५८ जना कोरोना भाइरसका संक्रमित देखिएपछि महामारी फैलन नदिन सरकारी अधिकारी फेरि लकडाउनको निर्णयमा पुगेको बीबीसीले जनाएको छ ।

वर्ल्डोमिटर्सका अनुसार स्पेनमा सोमबारसम्म २ लाख ९७ हजार ६२५ जना संक्रमित भएकामा ६१७ जनाको उपचार भइरहेको छ । संक्रमितमध्ये २८ हजार ३८५ जनाको मृत्यु भएको थियो ।