आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

काठमाडौंमा कोरोनाबाट एक जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

गोकर्णेश्वर खबर१९ असार २०७७, शुक्रबार १८:४४ मा प्रकाशित (३ साल अघि) ३३६ पाठक संख्या

काठमाडौं – नेपालमा शुक्रबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौको एक अस्पतालमा ज्यान गुमाएका ८५ वर्षीय पुरुषको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२ पुगेका मन्त्रालयले जानकारी दिएको हो ।