आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

बागमती प्रदेशका प्रदेश सभा सदस्य लामाको प्रश्न- संघीयता ल्याएर जनताले के पाए ?

गोकर्णेश्वर खबर१७ असार २०७७, बुधबार १८:४९ मा प्रकाशित (३ साल अघि) ६०४ पाठक संख्या

बागमती प्रदेशका प्रदेश सभा सदस्य

काठमाडौं – नेपाली कांग्रेसका नेता एव्म बागमती प्रदेशका प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाले प्रदेश सरकारले जनतालाई संघीयताको अनुभुती हुने वातावरण तयार पार्न नसकेको बताएका छन् । उनले जनताले अनुभुती गर्ने किसीमका कुनै ठोस योजना तथा कार्यक्रम आर्थीक बर्ष २०७७/०७८ मा पनि पर्न नसकेको बताए ।

प्रदेशसभा बैठकमा विनियोजन विधेयक ०७७/०७८ को विभिन्न शिर्षक माथिको छलफलमा भाग लिदै सांसद लामाले प्रदेश सरकार संघीयताको मुल मेरुदण्ड भएता पनि बागमती प्रदेश सरकार संघीयताको मर्म र भावना विपरित गएको आरोप लगाए । उनले भने ‘हिजो प्रदेश सरकार संघीयताको मुल मेरुदण्ड हो भन्दै कांग्रेस, नेकपा लगाएत अन्य दलले संघीयता ल्याईएको हो, त्यसको प्रतिफल आज जनतालाई दिनुपर्ने बेलामा दिन सकिएको छैन । जनताले प्रश्न गर्छ, हिजो चुनाबमा जिताएर पठायौं, तर आज प्रदेश सरकार खै ? भन्छन् जवाफ दिनलाई प्रदेश सरकारले हामी तपाईहरुकैसामु छौं है भन्ने आधार खै के ल्यायो ?

सांसद लामाले आम जनतालाई प्रदेशसरकार सँग सामिप्यता देखाउन, सरकारप्रति जनताको भरोसा राख्न,सरकार जनताकै साथमा छ है भन्ने विश्वास राख्न पटक-पटक मन्त्रालय गत जिल्ला इकाई गठन गर्न आवाज उठाए पनि यसबर्ष पनि इकाई गठनको लागी बजेट विनियोजन नगरेको गुनासो गरे । उनले आगामी बर्ष पनि आम बागमतीवासीहरु सरकारबाट टाढै रहने वातावरण सृजना भएको उल्लेख गरे । ‘प्रदेश प्रहरी संरचना खडा गर्दैछौं,कानुन बनाउँदैछौं,सरकारले निती तथा कार्यक्रममा र बजेट वक्तव्यमा पनि उल्लेख छ तर त्यसको लागी आवश्यक भौतिक संरचना देखी,कार्यालय स्थापना जस्ता कार्यका लागी खै त वजेट विनियोजन भएको’उनले भने ‘विनियोजन भएको छ त ४/४ वटा गाडी किन्नको लागी,सरकार कहिले जनतासँग जोडिने,कहिले देख्ने जनताको दुःख ?’

नेता लामाले प्रदेश विशेष कार्यक्रम भन्दै १५ करोड छुट्याइएको तर कुन प्रयोजन,के कार्यक्रमको लागी मुख्यमन्त्री विशेष कार्यक्रम हो, के बिशेष हो? त्यो स्पष्ट पार्नुुपर्ने माग गरे । उनले भवन मर्मत सम्भार भन्दै ५ करोड कुन भवन,कसको भवन रंगरोगोन गर्नु पर्ने हो? यदी मुख्यमन्त्रीको घर,बाटो फराकिलो पार्नलाई हो भने पनि त्यसको स्पष्ट विवरण उल्लेख गर्नुपर्ने औल्याए ।’

यस्तै सांसद लामाले बजेट बक्तव्य र निति तथा कार्यक्रममा आएको छोरी र बुहारीलाई शिक्षा, अभिभावक बिहिन बालबालिकालाई मासिक २ हजार रुपैयाँ भत्ता दिने भनिएको थियो खै कहाँ विनियोजन भयो कुन शिर्षकमा भयो त्यो स्पष्ट जवाफ आउनु पर्ने धारणा राखे ।

बागमती प्रदेशले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ ।प्रस्तुत बजेटमा कुल विनियोजनमध्ये चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार (५१.१२ प्रतिशत), पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार (४८.८८ प्रतिशत) छ ।

आगामी आवको खर्च ब्यहोर्न कर राजस्वतर्फ २० अर्ब ८३ करोड ७८ लाख, अन्तरसरकारी अनुदान १७ अर्ब ८६ करोड ९८ लाख, अन्य राजस्वतर्फ ५ अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ ७ अर्ब ५० करोड प्राप्त हुने अनुमान छ ।