आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

त्रिवि शिक्षण अस्पतालमा ४५ दिने शिशुमा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१६ असार २०७७, मंगलवार १६:४० मा प्रकाशित (३ साल अघि) १४५ पाठक संख्या

काठमाडौं । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अप्रेसन गरिएका ४५ दिने शिशुमा कोरोना पुष्टि भएको छ । सोमबार शल्यक्रिया गरिएको र शल्यक्रियाअघि संकलन गरिएको स्वाबको परीक्षणमा कोरोना पुष्टि भएको अस्पतालका कोरोना युनिटका संयोजक डा. सान्तकुमार दासले जानकारी दिए ।

स्वासप्रश्वासमा समस्या भएपछि शिशुको सोमबार घाँटीको शल्यक्रिया गरिएको थियो । संक्रमितको सम्पर्कमा आएको कन्ट्रयाक ट्रेसिङ सुरु भएको अस्पतालले जनाएको छ । स्वास्थ्य सुरक्षाका सबै उपायको अवलम्वन गरिएकाले खासै ठूलो समस्या नआउने डा. दासले बताए ।