आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

क्वारेन्टिनबाट घर गएका चार जनामा भेटियो कोरोना संक्रमण

गोकर्णेश्वर खबर११ असार २०७७, बिहीबार १८:४३ मा प्रकाशित (३ साल अघि) १७४ पाठक संख्या

काठमाडौं । दुबईबाट आई क्वारेन्टिनमा बसेर घर गएकाहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनबाट घर फर्केका चार जनामा संक्रमण पुष्टि भएको हो ।

क्वारेन्टिनमा बसेका १० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाए पनि रिपोर्ट आउन ढिला भएको भन्दै उनीहरुलाई मंगलबार घर पठाइएको थियो ।
बिहीबार १० मध्ये एक महिला र तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका संक्रमितहरुलाई पाटन अस्पताल जान भनिएको छ ।-