आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु , मृत्यु हुने संक्रमितको संख्या २६ पुग्याे

गोकर्णेश्वर खबर११ असार २०७७, बिहीबार १५:१६ मा प्रकाशित (३ साल अघि) ४९५ पाठक संख्या

काठमाडौँ । कोरोना संक्रमणका कारण ललितपुरमा १  जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको जिल्ला जनस्वास्थ्य ललितपुरका प्रमुख खगेश्वर गेलाले पुष्टि गरेका छन् ।

चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका उनको ५ महिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो । याेसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । मृतक पुरुषको शव व्यवस्थापनको तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ।