आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

कर्मापा सेवा समाज हङकङको सहयोग र कर्मापा सेवा समाज नेपाल र का.म.पा. ६ बौद्धको सहकार्यमा खाद्यान्न सहयोग

गोकर्णेश्वर खबर१० असार २०७७, बुधबार १९:२३ मा प्रकाशित (३ साल अघि) १४२१ पाठक संख्या

काठमाडौं / काग्यूपा सम्प्रदायका महान गुरु श्रद्वये – १७ औं कर्मापा उर्गेन डोडुल ठिन्ले दोर्जेको ३५ बर्ष पुरा भएको पवन अवसरमा हङकङमा कार्य क्षेत्र रहेको कर्मापा खेन्नो फाउन्डेशनले बौद्ध स्थित कर्मापा सेवा समाज नेपालको सहाकर्यमा महानगरपालिका वडा नं ६ बौद्ध कार्यलयको कार्य क्षेत्र भित्र रहेका १५० जना र अन्य ५० जना गरीब तथा विपन्न लक डाउनका कारण अति प्रभावित महानुभावहरुलाई राहत वितरण गरेको छ ।

हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (COVID-19) को प्रत्यक्ष मारमा परेका ति प्रभावित महानुभावहरुलाई राहत वितरण गर्न प्रदेश संसाद छिरिङ दोर्जे लामा , काठमाडौं महानगर पालिका वडा नं ६ का वडा अध्यक्ष दिपेन्द्र लामा , वडा सदस्य जयराम पुडासैनी, वडा भगवन थापा , वडा लक्ष्मी श्रेष्ठ, बौद्ध भेट्रान क्लवका अध्यक्ष  विवेक लामा लगायत संस्थाका पदाधिकारीहरुको उपस्थितिमा खाद्यान्न वितरण गरिएको थियो ।

फाउन्डेशनले हिजो स्वायम्भु क्षेत्रमा पनि राहत वितरण गरेको थियो भने कार्यक्रमलाई निरन्तर दिदै भोलि फर्पिङमा रहेका अशक्तहरुलाई राहत वितरण गरिदै छ ।

परम पूजनीय १७ औं कर्मापाको जन्म दिन 26 June मा कर्मापा खेन्नो फाउन्डेशनले धार्मिक ज्यादै महत्त्व मानिएको बौद्ध स्तुपा रंगरोगन (Kukar) र सोही दिन नेपाल लगायत विश्वमा कोरोना भाइरस (COVID-19) बाट मृत्यु भएका महानुभावहरुको आत्माको चीरशान्तिको कामना गर्दै संक्रमितहरुको शिध्र स्वास्थ लाभको लागि बौद्ध स्तुपा परिसरमा १००० दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

यि सम्पुर्ण धार्मिक तथा सामाजिक कार्यहरूमा उक्त फाउन्डेशनको साथमा कर्मापा सेवा समाज नेपाल र कागोेेर्न कल्याणकारी समितिको सक्रिय सहभागीता रहने छ ।

विगत लामो समय देखी सामाजिक तथा धार्मिक क्षेत्रमा सक्रिय यि दुबै संस्थाहरुले २०७२ सालको महाभूकम्प पनि प्रशसनीय कार्यहरु गरेका थिए ।