आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

एक दिनमा १० हजार पिसिआर परीक्षण गर्ने गरी तयारी गर्दैछौं : स्वास्थ्यमन्त्री ढकाल

गोकर्णेश्वर खबर७ असार २०७७, आईतवार ०६:५० मा प्रकाशित (३ साल अघि) २७९ पाठक संख्या

काठमाडौं । सरकारले प्रदेश प्रयोगशालाको क्षमता क्षमता वृद्धि गर्दै जनशक्ति थप गरी प्रतिदिन १० हजार पिसिआर परीक्षण गर्ने तयारी गरेको छ ।

निजी प्रयोगशाला र प्रदेशमा स्थापना भएका प्रयोगशालाको क्षमता बिस्तार गरी सरकारले प्रतिदिन १० हजार पिसिआर परीक्षण गर्ने तयारी गरेको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ भित्र प्रतिदिन १० हजारको परीक्षण गर्ने तयारी स्वरुप काम भइरहेका बताए । जनशक्ति व्यवस्थान, ल्याबलाई २४ घण्टा सञ्चालन गर्ने र निजी क्षेत्रबाट परीक्षण गर्ने गरी तयारी अगाडि बढाइएको मन्त्री ढकालले बताए ।

उनले भने, ‘जनशक्ति व्यवस्थापन, ल्याबहरुलाई २४ घण्टा सञ्चालन गर्ने, निजी क्षेत्रबाट गरी १० हजारको परीक्षण गर्न सकिन्छ ।’ मन्त्री ढकालले प्रतिप्रदेशबाट एक हजारका दरले र निजी क्षेत्रबाट तीन हजारका दरले प्रतिदिन परीक्षण हुने बताए ।

मन्त्री ढकालले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमितता नभएको दाबी गरेका छन् । अनियमितता भएको आशंकामा संसदको लेखा समितिले सोमबार जवाफ दिन खरिद प्रकृयामा संलग्न व्यक्तिहरुलाई बोलाएको छ । त्यअघि नै शनिबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्री ढकालले सबै खरिद प्रकृया विधिअनुसार नै भएको बताए ।

‘यसलाई धेरै दोहोर्याउनु परेन । कानुन सबैलाई थाहा छ । पछिल्लोपटक पनि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर विशेष अवस्थामा खरिद गर्ने भनिएको हो । विधि जे हो त्यहीबाट गर्ने भनेका छौँ,’ मन्त्री ढकालले भने, ‘तर प्रकृयाका लागि लाग्ने दिनलाई सहजीकरण गरेका छौँ । किनकी महामारीको समयमा यत्तिकै सामान पाइँदैन भने २१—२१ दिन कुरेर विधि पु¥याउन गाह्रो छ भनेर २, ३ दिनमा ल्याउने भनेर विधि पुर्याइएको हो । तर विधि, प्रकृया र ऐन कानुनमा कुनै परिवर्तन छैन । महानिर्देशकले सम्पूर्ण अधिकारको प्रयोग गर्नुहुन्छ । अहिले सम्मको हाम्रो विधि र प्रकृया यहि हो ।’

मन्त्री ढकालले विदेशबाट आउनेहरुको हकमा एउटा जहाजमा आउने सबैको पिसिआर परीक्षण गरेको सात दिन नपुगेको भए सबैलाई होम क्वारेन्टाइनमा पठाइने बताए । यद्यपि, जहाजमा आउनेमध्ये एक जनाको मात्रै पनि पिसिआर परीक्षण नभएको अवस्थामा सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने उनले प्रष्टीकरण दिने ।