आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

थप ४२६ जनामा संक्रमण, नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

गोकर्णेश्वर खबर५ असार २०७७, शुक्रबार १६:४४ मा प्रकाशित (३ साल अघि) ३१० पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमितसँगै देशभर संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको जानकारी दिए । अहिलेसम्म संक्रमितमध्ये १ हजार ४ सय २ जना उपचारपछि घर फर्किएका छन् भने २२ जनाको मृत्यु भएको छ ।

देशका विभिन्न ठाउँमा १ लाख ९ हजार ४ सय ६१ जना क्वारेन्टाइनमा रहेका छन् ।