आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार ९ सय नाघ्यो

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार ०८:२६ मा प्रकाशित (३ साल अघि) ४३८ पाठक संख्या

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २४३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ४३ हजार २६ पुगेको हो ।

एकै दिन अरू ३९५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार ९१५ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ८० हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।