आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

कृषिमन्त्री मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट

गोकर्णेश्वर खबर२२ असार २०७९, बुधबार २२:३२ मा प्रकाशित (२ साल अघि) ५५५ पाठक संख्या

काठमाण्डौं । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट बुधबार सर्वोच्च अदालतले दर्ता गरेको हो। रिटमा सुनुवाइ गर्न बिहिबार पेशी तोकिएको छ।

मन्त्री सिंह असार २० गते मात्र नियुक्त भएका थिए । मृगेन्द्र राष्ट्रियसभाका सांसद हुन्। तर उनी प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका थिए।

संविधानको धारा ७८ ९१० मा गैर सांसदलाई मन्त्री बनाउन मिल्ने उल्लेख छ। त्यही धाराको उपधारा ९४० मा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको व्यक्तिलाई मन्त्री बनाउन नमिल्ने निवेदकको जिकिर छ।

जनता समाजवादी पार्टीले यसअघिका तीन मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ मन्त्री पठाएको हो। तीमध्ये सिंह राष्ट्रियसभाका सदस्य हुन्।