आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिनेलाई १ करोडको बीमा गरः कांग्रेस

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार १५:३९ मा प्रकाशित (३ साल अघि) ३११ पाठक संख्या

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको लागि पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुका लागि सरकारले निःशूल्क १ करोडको बीमा गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेसले सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

७७ वटै जिल्ला कार्यसमितिहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै पहिलो पंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुको निःशूल्क बीमा गर्न माग गरिएको हो । कोरोना महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिरहेका स्वास्थ्यकर्मी, सरक्षाकर्मी र संचारकर्मीहरुको सरकारले प्रतिव्यक्ति एक करोडको बीमा गर्न माग गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति कामठमाडौंका सभापति सबुज बानियाले सरकार जनसरोकारका समस्या सम्बोधन गर्न असफल भएको बताए ।

सरकार भ्रष्टाचारमा लिप्त भएको, महामारीको समयमा आफ्ना कार्यकर्ता पाल्न सिमित भएको र जनताहरुको समस्या सम्बोधन गर्ने गरी अगाडी नबढेकाले प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाइएको बताए ।