आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

कोरोना महामारी पश्चात समाज सुदृढीकरणमा नेपाली कांग्रेसको भूमिका

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार १५:२१ मा प्रकाशित (३ साल अघि) ४६२ पाठक संख्या

काठमाडौँ । कोरोना पछि प्रतिपक्ष दल नेपाली कांग्रेसको भूमिका विषयक अन्तरक्रिया ( जूम ) कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल लगायत विश्वका विभिन्न देशबाट सहभागीहरुको जिज्ञासा माथि प्रकाश पार्दै, संसदमा प्रतिपक्ष दलका सचेतक तथा पूर्व मन्त्री बालकृष्ण खाँडद्धारा कोरोना तथा समसामयिक विषयमा नेपाली कांग्रेस संवेदनशील रहेको विचार व्यक्त गर्नु भएको थियो । सांसद खाँडद्वारा संसदमा प्रतिपक्ष कमजोर रहेता पनि, भूमिका प्रभाकारी रहने विचार व्यक्त गर्नु भएको थियो ।

“कोरोना महामारी पश्चात समाज सुदृढी-करणमा नेपाली काँग्रेसको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रममा प्रदेश नम्बर १ प्रदेश सभा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्की, सत्य निरुपण, मेलमिलाप आयोगका पूर्व सदस्य डामाधवी भट्ट पराजुली सहभागी हुनुहुन्थ्यो ।

त्यस्तै गरी अन्तरक्रिया कार्यक्रममा नेविसंघ महामन्त्री युवराज पाण्डे, नेपाल शिक्षक संघ पूर्व केन्द्रिय अध्यक्षः केशव निराैला, काग्रेस नेत्रि रिता खनाल, प्रेस युनियन बेलायत उप-सभापति एभरेष्ट गौतम, दिपिका भुसाल उपसभापति जनसम्पर्क समिति इजरायल, अनु थापा महामन्त्री जनसम्पर्क समिति इजरायल, राजु छत्कुली महामन्त्री जनसम्पर्क समिति इजरायल, सिता अर्याल जनसम्पर्क समिति सभापति साइप्रस, नेपाल महिला संघ महासचिव धना खतिवडा तथा मन्जु खाँड, ट्रेड युनियन काठमाडौं जिल्ला पूर्व अध्यक्षः गणेश भट्टराई लगायत देश तथा विदेश रहनु हुने तरूण दल, महिला संघ पार्टीका जिल्ला सभापतिहरूकाे सहभागीता रहेकाे थियो ।

महिला अध्ययन-शालाद्धारा अायाेजित तरूण विशेष चाैथाे कार्यक्रममा तरूण नेता इन्दिरा निराैला, महिला संघ केन्द्रीय सदस्य लता घिमिरे तथा निमा गिरीकाे सकृय भूमिका रहेको थियो । त्यस्तै गरी टेक्निकलमा रामचन्द्र तिवारी तथा रत्न शेरचनले सहयोग गर्नु भएको थियो ।