आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

मनोहरा जेसिजद्वारा ज्येष्ठ नागरिक सेवा आश्रमलाइ खाद्यान्न सहयोग

गोकर्णेश्वर खबर१९ माघ २०७७, सोमबार ०९:३४ मा प्रकाशित (४ साल अघि) ६३२ पाठक संख्या

काठमाडौं / कागेश्वरी मनोहरा नगरपालिका  वडा नं १  गागलफेदी  कृष्णमन्दिरमा रहेको ज्येष्ठ नागरिक सेवा आश्रमलाइ मनोहरा जेसिजले खाद्यान्न प्रदान गरेको छ।

मानवताको सेवा नै जीवन को सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै मनोहरा जेसिजले खाद्यान्न वितरण गरेको हो बर्ष २०२१मा मनोहरा जेसिसले धार्मिक धरोहर सरसफाई कार्य बाट आफ्नो कार्यक्रम सुरु गरेको थियो, त्यो संगै जेसिसले  आज खाद्यान्न बितरण  गरेको हो । उक्त आश्रमलाई चामल ४ बोरा  दाल, लुगा धुने सरफ, नुन ,तेल ,पाउरोटी ,मसला, चिउरा लगायत एक महिनालाई पुग्ने खाद्यान्न  प्रदान गरेको हो ।

 कार्यक्रममा मनोहरा जेसिजका जेसी सैलेन्द्र कुइकेल लगायत मनोहरा जेसिजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । मनोहरा जेसिजले आगामी दिनमा  ज्येष्ठ नागरिक सम्मान लगायत बिभिन्न सामाजिक कार्यलाइ अघि लाने मनोहरा जेसिजका वर्ष २०२१ का अध्यक्ष जेसी सागर रोक्काले बताएको छ ।